वैदेशिक रोजगारको ठगीविरुद्ध आईटी आर्मीद्वारा वैदेशिक रोजगार विभाग घेराउ-Sutra News

वैदेशिक रोजगारको ठगीविरुद्ध आईटी आर्मीद्वारा वैदेशिक रोजगार विभाग घेराउ

शुक्रबार, ७ असार २०८१

शुक्रबार, ७ असार २०८१

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितलाई न्याय दिलाउन काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग आज पनि घेराउ गरेको छ ।



आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा विभिन्न मागहरु गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्या समाधान गर्नु पर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो ।

आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नु पर्ने, ठग मेनपावर र ऐजेण्टलाई कारबाही गर्नु पर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनु पर्नेलगायत माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नु परेको बताए । यसअघि आईटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै विभागलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ ।

‘लाखौं लाख युवासँग खर्बौं रकम ठगी भइरहेको छ, ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ, विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ,’ साहले भने ।

संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए ।

आईटी आर्मीका उपत्यका अध्यक्ष टाईसन लामाले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको बताउँदै कुनै नेताहरुको संलग्नता रहेको बताए । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट