फिल्म ‘घरज्वाइँ’को ‘बिन्जुरी’मा दयाहाङ र मिरुनाको प्रेम-Sutra News

फिल्म ‘घरज्वाइँ’को ‘बिन्जुरी’मा दयाहाङ र मिरुनाको प्रेम

शुक्रबार, ७ असार २०८१

शुक्रबार, ७ असार २०८१

काठमाडौं ।  आगामी असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’ले पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक गरिएको हो।



एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ। प्रेमिल शैलीको यो गीतमा हिट जोडी दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।

सार्वजनिक गीतको भिडियो हेर्दा फिल्मका प्रमुख अभिनेता दयाको अभिनेत्री मिरुनाप्रतिको प्रेम आकर्षणलाई महसुस गर्न सकिन्छ। जसमा मिरुनालाई ‘बिन्जुरी’को रुपमा सम्बोधन गरिएको छ । यसको अर्थ ‘फूल’ हुन्छ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक अनिल बुढामगर हुन्। पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

जनक घर्ती मगर निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन । ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

फिल्ममा एसडी योगी तथा राम अविरल विष्टका अलावा हर्क साउद गीत र मनोज थापाको समेत संगीत रहेको छ । कृष्ण भन्डारीको सम्पादन रहेको फिल्ममा डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल रहेको छ । यस्तै एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ भने नेपालमा फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट