कोटश्वरमा दुर्घटना हुँदा एक जनाको मृत्यु-Sutra News

कोटश्वरमा दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार, ७ असार २०८१

शुक्रबार, ७ असार २०८१

काठमाडौं । काठमाडौंको कोटश्वरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।



कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशातर्फ जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।

बा ३ क ३०५३ नम्बरको अलकत्र बोक्ने टिपरमा बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बरको स्कुटर ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटरमा सवार लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो ।

घटनापछि प्रहरीले टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरी अनुसन्धान गरिएको छ । उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट