क्यानडामा हुने ग्लोबल टी २० मा नेपालका तीन खेलाडीले पाए स्थान-Sutra News

क्यानडामा हुने ग्लोबल टी २० मा नेपालका तीन खेलाडीले पाए स्थान

शनिबार, ८ असार २०८१

शनिबार, ८ असार २०८१

काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी २० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी रहेका छन् ।



रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् । सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।

यस सिजनको ग्लोबल टी २० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुदै छ ।

यो ग्लोबल टी २० को चौथो सिजन हो । यसअघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट