पहिरोले थुनिएको नारायणगढ-मुग्लिन सडक सञ्चालन-Sutra News

पहिरोले थुनिएको नारायणगढ-मुग्लिन सडक सञ्चालन

शनिबार, ८ असार २०८१

शनिबार, ८ असार २०८१

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।



इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगर २९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट