काठमाडौं । पछिल्लो सातामा नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँ बढेको हो ।
गत शुक्रबार तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य कारोबारको अन्तिम शुक्रबार एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । जसअनुसार असार २ गते एक हजार ८२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी अन्तिम शुक्रबार एक हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।