भुक्तानी नदिएको भन्दै एम्बाप्पेले पीएसजीलाई पठाए नोटिस-Sutra News

भुक्तानी नदिएको भन्दै एम्बाप्पेले पीएसजीलाई पठाए नोटिस

शनिबार, ८ असार २०८१

शनिबार, ८ असार २०८१

काठमाडौं । फ्रान्सेली फुटबलर किलियन एम्बाप्पेले आफ्नो पूर्व क्लब पीएसजीले पूरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन् ।



मिडिया रिपोर्टअनुसार एम्बाप्पेले आफूले पाउनु पर्ने पारिश्रमिक र बोनस गरी कूल १०७ मिलियन डलर नपाएको भन्दै कानूनी नोटिस पठाएका हुन् ।

फ्रि ट्रान्सफरमा रियल म्याड्रिड पुगेका एम्बाप्पेले पाउने यो रकमको विषयमा क्लबसँग विवाद रहेको थियो । एम्बाप्पे र क्लबबीच गत वर्ष फ्री ट्रान्सफरमा क्लब छोडेमा उनले केही पारिश्रमिक र बोनस रकम छोड्ने सहमति भएको बताइएको छ ।

तर, एम्बाप्पेले अहिले सो रकम आफूले पाउनु पर्ने दाबी गरेको फ्रेञ्च मिडिया आउटलेट एल इक्विपले उल्लेख गरेको छ । यसअघि एम्बाप्पे र पीएसजीले यो विवाद आपसी समझदारीमा मिलाउने सहमति भएको बताइए पनि अहिलेसम्म नमिलेको देखिएको छ ।

हाल युरोकप खेलिरहेका एम्बाप्पेलाई रियल म्याड्रिडले युरोकप सकिनासाथ क्लबमा प्रस्तुत गर्ने तयारीमा रहेको छ । उनले रियल म्याड्रिडमा फ्री ट्रान्सफरमा गए पनि साइनिङ रकमको रुपमा सय मिलियन डलरभन्दा बढी रकम लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट