जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार घाइते-Sutra News

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार घाइते

शनिबार, ८ असार २०८१

शनिबार, ८ असार २०८१

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जंगलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट