राजनीतिक आडमा लुटको साम्राज्य चलाउँदै क्याम्पस प्रमुख-Sutra News

राजनीतिक आडमा लुटको साम्राज्य चलाउँदै क्याम्पस प्रमुख

शनिबार, ८ असार २०८१

शनिबार, ८ असार २०८१

काठमाडौं । सिरहाको गोलबजारस्थित रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखी क्याम्पसका प्रमुख किशोर कुमार साहले करोडौं रकम घोटाला गरको तथ्य बाहिरिएको छ।



क्याम्पसका प्रमुख साहले संचालक समितिलाई राजनितिक र आर्थिक प्रभावमा पारेर रकम हिनामिना गरेको रहस्य बाहिरिएको हो । उनले क्याम्पसकै प्रध्यापकलाई प्रभावित बनाएर एक दशकदेखि लुटको साम्रराज्य चलाएका हुन् ।

उनले एक जना विद्यार्थीसँग क्याम्पससभाले तोकेभन्दा वार्षिक चार हजार पाँच रुपैयाँभन्दा बढी रकम लिने गरेका छन् । यसैगरी एक जना विद्यार्थीको रकम हेर्दा सामान्यजस्तो देखिए पनि विद्यार्थी संख्यामा यसलाई हेर्ने हो भने करोडौंमा हुन जान्छ ।

क्याम्पसले वैशाख २२ गते क्याम्पस सभामा सार्वजनिक गरेको ‘वर्षिक प्रतिवेदन २०८०’ मा गत आर्थिक वर्ष २०७९/०८० भन्दा अघिसम्म विभिन्न शीर्षकमा प्रति विद्यार्थी ११ हजार ५५० रुपैयाँ लिने उल्लेख छ । सोही अवधिमा विद्यार्थीसँग १६ देखि १८ हजारसम्म लिने गरेको पाइएको हो ।

क्याम्पसले सार्वजनिक गरेको तथ्यांकनुसार २०७९/०८० मा एक हजार ४७५ विद्यार्थीको नामांकन भएको छ । विद्यार्थी संख्या र उनले असुली गरेको रकम हिसाब गर्ने हो भने एक वर्षमा करिब ९६ लाख रुपैयाँ गोलमाल गरेको पुष्टि हुन्छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ३०० विद्यार्थीको नामांकन भएको छ । यस वर्ष क्याम्पस प्रमुख साहले करिब ५९ देखि ८५ लाख रुपैयाँको हिसाब गोलमाल गरेको छ ।

यसरी उनले विद्यार्थीसँग लिएको बढी रकमको हिसाब कतै देखाएको छैन । २०८०/०८१ बाटमात्र उनले प्रति विद्यार्थी विभिन्न शीर्षकमा वार्षिक रुपमा २० हजार रुपैयाँ लिने निर्णय गरेको छ । तर, विद्यार्थीसँग सो भन्दाबढी रकम असुल गरेको विद्यार्थीहरुको आरोप छ ।

थेसिसको नाममा दुई करोड घोटाला

क्याम्पस प्रमुख साहले स्नाकोत्तरका विद्यार्थीहरुसँग थेसिस लेखिदिने भन्दै आफ्नो कार्यकालमा करिब दुई करोडभन्दा बढी रकम घोटाला गरेको पाइएको छ । उनले स्नातकोत्तरका विद्यार्थीसँग थेसिसबापत ठूलो रकम हिनामिना गरेका हुन् ।

क्याम्पस प्रमुख साहले प्रतिविद्यार्थी ३० देखि ५० हजारसम्म असुल्ने गरेको विद्यार्थी बताउँछन् । क्याम्पसले सार्वजनिक गरेको विद्यार्थी संख्याको आधारमा तीन वर्षको अवधिमा मात्र २३४ जना विद्यार्थीले स्नातकोत्तर गरेको देखिन्छ ।

समग्रमा प्रतिविद्यार्थी ३५ हजारका दरले उनले दिएको प्रतिवेदनको आधारमा मात्र तीन वर्षका हिसाब जोड्दा ८१ लाख रकम असुलि गरेको देखिन्छ ।

साहले विद्यार्थीसँग थेसिसवापत लिने गरेको रकमको हिसाब वार्षिक प्रतिवेदनमा उल्लेख छैन । जसका कारण सबै रकम उनले हिनामिना गरेको पुष्टि हुन्छ ।

अन्य किनमेलामा पनि साहको एकलौटी प्रवृति रहेको छ । उनले क्याम्पसको नाममा विभिन्न सामान खरिद गर्दा सञ्चालक समितिलाई जानकारी दिने गरेका छैनन् । समितिका एक सदस्यले भने, ‘हामीलाई केही सामान किन्दा कुनै जानकारी नै हुँदैन, किनेर ल्याइसकेपछि मात्र हामीले जानकारी पाउँछौँ, खरिद प्रकृया पनि अपादर्शी छ ।’

क्याम्पस प्रमुख साहसँग प्रतिक्रिया लिन खोज्दा उनले भेटेरै कुरा गर्रौं भनेर टारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट