करन परियार बने नेपाल आइडल सिजन ५ को विजेता-Sutra News

करन परियार बने नेपाल आइडल सिजन ५ को विजेता

शनिबार, ८ असार २०८१

शनिबार, ८ असार २०८१

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ५ को विजेता बर्दियाका करन परियार भएका छन् ।



शनिबार भएको ग्राण्ड फिनालेमा पाचौँ सिजनका अन्य फाइनलिस्ट सलोमी गुरुङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उनी विजेता बनेका हुन् ।

दर्शकको भोटको आधारमा विजेता चुनिएका करणले पुरस्कार स्वरुप नगद २५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

एपी वान टेलिभिजनबाट प्रशारित रियालिटी शोको फिनालेमा टाइटलका लागि चार जना प्रतिस्पधी रहेका थिए । जसमा पोखराकी सलोमी गुरूङ फस्ट रनरअप हुँदा दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए। फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए।

त्यस्तै, दार्जलिङका मोहित भुजेल थर्ड रनरअप घोषित भए। उनले स्कुटर पुरस्कार पाए।

नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट