आज देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा हुने-Sutra News

आज देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा हुने

आइतबार, ९ असार २०८१

आइतबार, ९ असार २०८१

काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।



जसका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । यी प्रदेशको थोरै स्थान तथा लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान साथै बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट