आज मेष, कर्कट र कन्या राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

आज मेष, कर्कट र कन्या राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?

आइतबार, ९ असार २०८१

आइतबार, ९ असार २०८१

आज मिति २०८१ असार ९ गते आइतबार । संन् २०२४ जुन २३ तारिख । नेपाल सम्बत ११४४ तछलागा पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण प्रतिपदा तिथि । आज नेपालमा सूर्योदय बिहान ५बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ । अब सुरू गरौँ आजको राशिफलः



मेष

लगनशीलताले काममा उत्साह जगाउने समय छ । नयाँ काम सुरु गर्न सकिने छ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका जुर्न सक्छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिने छ भने कतै आतिथ्यपूर्ण सम्मान मिल्ने योग छ । तर, कृषि तथा पशुपालनमा भने खर्च बढ्ने छ । अनुकूलता वृद्धि भइ आनन्द बढ्ने छ । रोकिएको काममा सफलता मिल्नेछ ।

बृष

काम गरेर अरूलाई आकर्षित गर्न सकिने समय छ । सामान्य प्रयासबाटै सफलता मिल्ने छ भने अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् । आरोग्यता रहने छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने छ । यात्रापरक काम बन्ने छ ।

मिथुन

समय केही चुनौती युक्त छ । सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विवादमा पर्न सकिने योग छ, सचेत भइ व्यवहार गर्नु होला । विचार नपुर्याइ बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्ने समय भएकोले सचेतनाको जरुरत छ । तथापि, सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ । आरोग्यता रहने छ ।

कर्कट

नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । आफन्तहरू टाढिने छन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । तथापि, पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिने योग छ । व्यापारमा पनि लाभ होला । रसरागमा आकर्षण बढ्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह

आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ला । भौतिक सुख सुविधाको साधन प्राप्ति हुनेछ । सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनु पर्नेछ । जसबाट मान प्रतिष्ठा बढ्ला । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्ने छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

रोकिएका काम बन्ने, दीगो फाइदा हुने काम तथा जिम्मेवारी हात पार्ने समय छ । काम बने पनि जिम्मेवारी थपिन सक्छ । सुख दुःखमा साथ दिनेहरू भेटिने छन् । यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ, सजग रहनुहोला । साहित्यिक कार्यमा मन जानेछ । ब्यस्तता बढ्ने छ । समस्याको समाधान मिल्ला ।

तुला

स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा ज्यादा समय खर्चनु पर्ने योग छ । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण बढ्ने छ ।

बृश्चिक

शुभता बढ्ने छ । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने दिन छ । काममा अलिक प्रतिस्पर्धा गर्नु पर्ला । शुभचिन्तकले साथ दिने छन्, तर केही चुनौती देखापर्न सक्छ । कोशिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू पार लाग्ने छन् । मान महत्व बढ्ने छ । मिठो भोजन प्राप्त होला । शत्रुलाई परास्त गर्न सकिनेछ ।

धनु

व्यावसायिक काममा प्रशस्त फाइदा हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । व्यापारमा पनि फाइदा हुनेछ तर खर्च भने बढ्नेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुने छन् । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ने छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ने छ ।

मकर

अरूको मन जितेर अवसर हात पार्न सकिने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्ला । व्यवसायिक कामका लागि टाढाको यात्राको सम्भावना छ । मित्र वर्गबाट साथ सहयोग पाइने छ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानका बारण मानसम्मान मिल्ला । कर्मबल बढ्ने छ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

भाग्यबल वृद्धि हुने समय भएपनि आजको दिन चुनौतीपूर्ण रहला । झमेला, विवाद र चोट पटकको योग छ । आकस्मिक खर्च बढ्न सक्छ, ध्यान राख्नु होला । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्ने छ ।

मीन

आजको दिन असहज किसिमले नै बित्न सक्छ । आश्वासन दिनेले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने समय छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा केही चुनौती देखापर्न सक्छन् । स्वास्थ्यमा देखिने समस्याले नियमित काम प्रभावित हुने सम्भावना छ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट