काठमाडौं । अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्सले जारी आईसीसी टी २० क्रिकेट विश्वकपकपमा विश्व कीर्तिमानी बनाएका छन् । उनले लगातार ह्याट्रिक विकेट लिँदै विश्व कीर्तिमान बनाएका हुन् ।
कमिन्सले आइतबार बिहान अफगानिस्तानविरुद्ध सुपर ८ को खेलमा अफगानिस्तानविरुद्ध ह्याट्रिक विकेट लिँदै लगातार दुई खेलमा ह्याट्रिक लिने खेलाडी बनेका हुन् ।
कमिन्स टी २० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बने । यस्तै टी २० विश्वकप इतिहासमै दुई पटक ह्याट्रिक विकेट लिने पनि कमिन्स एक मात्र बलर बनेका छन् ।
सेन्ट भिनसेन्टस्थित अर्नो भेल स्टेडियममा जारी खेलमा कमिन्सले १८ औँ ओभरको अन्तिम बलमा अफगानिस्तानका कप्तान रासिद खानलाई आउट गर्दै पहिलो विकेट लिएका थिए ।
त्यसपछि २० औँ ओभरको पहिलो बलमा करिम जन्नत र दोस्रो बलमा गुल्वादिन नैवलाई आउट गर्दै ह्याट्रिक गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले राम्रो सुरुआत गरे पनि कमिन्सको ह्याट्रिक विकेटसँगै खेलमा पराजित बन्न पुगेको थियो ।