ताैल घटाउन योग ठिक कि व्यायाम ?-Sutra News

ताैल घटाउन योग ठिक कि व्यायाम ?

आइतबार, ९ असार २०८१

आइतबार, ९ असार २०८१

स्वस्थ रहनको लागि सबैभन्दा महत्त्वपूर्ण विषय हाे, तपाईंले आफ्नो शरीरलाई कुनै न कुनै रूपमा सक्रिय राख्नु । यसका लागि तपाईले दौड, व्यायाम, योग जेसुकै राेज्न सक्नुहुन्छ । किनभने यी तीनै स्वस्थ रहनका लागि उत्तम विकल्प हुन् ।



दौडनु मुटुको लागि मात्र राम्रो होइन, यो तपाईंको हड्डी र मांसपेशिहरुको लागी पनि राम्रो छ। यदि तपाई छिट्टै तौल नियन्त्रण गर्न चाहनुहुन्छ भने दौडनु उत्तम विकल्प हो।

यसबाहेक, यदि तपाईं दौडन सक्षम हुनुहुन्न भने, व्यायाम गरेर तपाईंले आफ्नो समग्र स्वास्थ्य सुधार गर्न सक्नुहुन्छ अर्थात् तौल घटाउन सक्नुहुन्छ। किनकी दुबैको फरक-फरक फाइदा छ ।

दौड, व्यायाम र योगमध्ये, योग सबैभन्दा लाभदायक छ। योगले तपाईको शारीरिक स्वास्थ्यलाई होइन तपाईको मानसिक स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ।

योग गर्नाले मोटोपना, मधुमेह, दम र मुटुसँग सम्बन्धित धेरै गम्भीर रोगबाट बच्न सकिन्छ । यसबाट तपाईको तनाव पनि नियन्त्रणमा रहन्छ । यसले तपाईंलाई तनाव, चिन्ता र डिप्रेसनको शिकार हुनबाट रोक्छ।

दौड, व्यायाम वा योग गर्नुहोस् तर आफ्नो आसनको विशेष ख्याल गर्नुहोस् किनभने यदि तपाईंले यसमा ध्यान दिनुभएन भने यसको साइड इफेक्ट देख्न सकिन्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट