काठमाडौं । स्पोर्टस ड्रामा फिल्म ‘चन्दु च्याम्पियन’ विस्तारै सुपर हिट हुने बाटोमा छ । इनिसियल ओपनिङ राम्रो नभए पनि वर्ड अफ माउथ बलियो हुँदा यो फिल्मले लय समात्यो । जसका कारण विस्तारै यसले लोभलाग्दो कमाइ गरिरहेको छ ।
गोल्ड मेडलिस्ट मुरलीकान्त पेटकरको जीवनीमा आधारित फिल्ममा कार्तिक आर्यनले मुरलीकान्त पेटकरको भूमिका निर्वाह गरेका छन् । उनको अभिनयले दर्शकको मन जितेको छ ।
आठ दिनमा यो फिल्मले ४३ करोड ४५ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ ।
पहिलो दिन ५ करोड ४० लाख, दोस्रो दिन ७ करोड ७० लाख, तेस्रो दिन ११ करोड १ लाख कलेसक्न गरेको छ । चौथो दिन ६ करोड १ लाख, पाँचौं दिन ३ करोड ६० लाख, छैटौं दिन ३ करोड ४० लाख, सातौं दिन ३ करोड १ लाख र आठौं दिन ३ करोड ३२ लाख कलेसक्न गरेको छ ।
कबिर खानले निर्देशन गरेको फिल्ममा कार्तिकसँगै विजय राज, भुवन अरोडा र राजपाल यादव मुख्य भूमिकामा छन् ।
पछिल्लो समय भारतीय बक्सअफिस सुस्ताइरहेका बेला यसले उत्साहजनक ब्यापार गरिरहेको हो ।