गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्ड घाइते, स्वास्थ्य अवस्था स्थिर-Sutra News

गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्ड घाइते, स्वास्थ्य अवस्था स्थिर

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

काठमाडौं । जारी युरोकपमा हंगेरीका फरवार्ड बर्नाबास भार्गा स्कटल्याण्डका गोलकिपर एनगस गनसँग ठोक्किएपछि घाइते भएका छन् ।



खेलको ८० मिनेटपछिको खेलमा दुवै खेलाडी ठोक्किएपछि भार्गा घाइते भएका थिए । उनलाई खेल केही बेर रोकेर तत्काल मैदानमै प्राथमिक उपचार दिइएको थियो ।

उनलाई खेलाडीहरुले छोपेर मैदानमा उपचारपछि अस्पताल लागिएको थियो । हंगेरीको फुटबल फेडेरेसनले उनको अहिले अस्पतालमा उपचार भइरहेको, अवस्था स्थिर रहेको र खतरामुक्त रहेको बताएको छ ।

त्यस्तै हंगेरीका प्रशिक्षक मारको रोजीले उनी खतरामुक्त रहेको र उनको अनुहारमा फ्र्याक्चार रहेको बताएका छन् । यस घटनापछि उनी युरोकपबाट भने बाहिर भएका छन् ।

यस खेलमा हंगेरीले स्कटल्याण्डलाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेर नकआउट चरणको दौडमा कायम राखेको छ । समुह ए मा तस्रो रहेको हंगेरी ६ समुहका तेस्रो स्थानमा रहेका शीर्ष चारमा परेमा नक आउट  चरणमा छनौट हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट