आँखा फरफराउनुकाे संकेत के ? वैज्ञानिक र शास्त्रीय मान्यतामा के छ फरक ?-Sutra News

आँखा फरफराउनुकाे संकेत के ? वैज्ञानिक र शास्त्रीय मान्यतामा के छ फरक ?

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

कयौं पटक यस्तो हुन्छ कि अचानक हाम्रो आँखा फरफराउन थाल्छ, र हामी नर्भस हुन्छौं र केहि अशुभ हुन गइरहेको त छैन भनेर सोच्न थाल्छौं। हुन पनि आँखा फरफराउनुप्रति हाम्राे मान्यता अलि अजिब खालकै छ । कोही विज्ञानमा विश्वास गर्छन् भने कोहीले यसलाई ज्योतिषसँग जोडेर निष्कर्ष निकाल्छन्।



त्यसोभए जानौं आँखा फरफराउनुकाे अर्थ के हो ? विशेषगरी आज हामी दायाँ आँखा फरफराउनुले के संकेत गर्छ भन्ने बारेमा कुरा गर्नेछौं ?

वैज्ञानिक पक्षहरु के ?

चिकित्सकहरुले आँखा फरफराउनुलाई ‘मायोकिमिया’ भनेका छन् । जब कुनै अंगको वरिपरिको मांसपेशीहरू संकुचित हुन्छन् र त्यस्ताे अवस्थामा त्यो अंग हल्लिन थाल्छ ।

यदि तपाइँको आँखा बारम्बार झिम्किरहेको छ भने तपाइँको आँखाले तपाइँलाई निम्न संकेतहरू दिइरहेको छ:

अब आँखा जाँच गराउनुपर्छ । सायद तपाईले चश्मा लगाउनु पर्छ वा तपाईको चश्माको पावर बढ्दै छ।

तनावको स्तर पनि बढ्न सक्छ, किनभने कहिलेकाहीँ तनावको कारण यस्तो हुन्छ।

कम्प्यूटर, ल्यापटप वा मोबाइलको अत्याधिक प्रयोगले गर्दा आँखा थाक्ने र फरफराउने पनि हुनसक्छ ।

आँखामा केही एलर्जी भएको अवस्थामा पनि यस्ताे हुने गर्छ ।

तपाईको आँखाको पोषण घट्दै गएको छ भने पनि यस्ताे हुन सक्छ । म्याग्नेसियमको मात्रा कम भएमा यस्तो समस्या हुन थाल्छ । मदिराको लत, धुम्रपान आदि जस्तोसुकै नशाले पनि आँखालाई हानि पुर्‍याउँछ ।

शास्त्रीय मान्यता कस्ताे ?

सामान्य मान्यताअनुसार वा अर्को शब्दमा ज्योतिषशास्त्रमा आँखा झिम्काउनुको अर्थ अर्कै हुन्छ । आँखा फरफराउनु शुभ र अशुभ संकेतसँग सम्बन्धित छ ।

विशेष गरी दाहिने आँखा फरफराउनुले धेरै अर्थ राख्छ । यद्दपि, पुरूष र महिलाअनुसार यसकाे संकेत फरक-फरक हुन्छ ।

यदि तपाईं महिला हुनुहुन्छ र तपाईंको दाहिने आँखा फरफरिरहेको छ भने, यो तपाईंको लागि अशुभ संकेत हुनसक्छ । दायाँ आँखा फरफराएमा तपाईको लागि नराम्राे हुनसक्छ ।

यदि तपाई पुरुष हुनुहुन्छ भने यो तपाईको लागि शुभ संकेत हुनसक्छ । यदि तपाईंको दाहिने आँखा र माथिल्लो आँखीभौंह पनि फरफराइरहेकाे छ भने तपाईंको मनका सबै इच्छाहरू पूरा हुनेछन्। पदोन्नति र आर्थिक लाभ पनि हुन सक्छ।

यी विश्वासलाई पत्याउने वा नमान्ने यो तपाईको विश्वासको कुरा हो।

यद्दपि, निरन्तर आँखा फरफराइरहेकाे छ भने तपाईले यसलाई बेवास्ता गर्नहुन्न । यदि तपाईलाई यो समस्या लगातार भइरहेको छ भने यो चिन्ताजनक हनसक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ । चाहे त्यो दाहिने आँखा होस् या देब्रे हाेस् । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट