गड्तौलाले पाइन् निमित्त मुख्यसचिवको जिम्मेवारी, अर्याललाई योजना आयोगमा सरूवा-Sutra News

गड्तौलाले पाइन् निमित्त मुख्यसचिवको जिम्मेवारी, अर्याललाई योजना आयोगमा सरूवा

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठतम् सचिव लिला गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी छिन् । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेकाे सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका वरिष्ठ सचिवहरूमध्येबाट मन्त्रिपरिषद्ले गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएकाे हाे ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा गड्तौला मुख्यसचिव बस्ने स्थानमा बसेकी थिइन् ।

मन्त्रिपरिषद् बैठकले भ्रष्टाचार मुद्दा लागेपछि स्वत: निलम्बनमा परेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गर्ने निर्णय पनि गरेको छ। मन्त्री शर्माले जनाएअनुसार आयोगमा मुख्यसचिव सरहकै विशेष पद सिर्जना गरेर निलम्बित अर्याललाई उक्त पदमा सरूवा गर्ने निर्णय भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालविरुद्ध आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी स्वत: निलम्बित भएका छन् ।

अर्याल अन्तशुल्क स्टिकर छपाइसम्बन्धी प्रकरणमा मुछिएका छन् । अर्याल सचिवको जिम्मेवारीमा हुँदा भएको उक्त निर्णयबाट सरकारलाई हानि–नोक्सानी पुगेको आयोगको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट