साउदीमा हज यात्रा गर्न पुगेका १३ सय तीर्थयात्रुको मृत्यु-Sutra News

साउदीमा हज यात्रा गर्न पुगेका १३ सय तीर्थयात्रुको मृत्यु

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

काठमाडौं । साउदी अरेबियाको प्रशासनले हज यात्रामा मृत्यु हुनेको संख्या धिकारिक तथ्यांक सार्वजनिक गरेको छ ।



साउदी प्रशासनका अनुसार हजका क्रममा एक हजार तीन सयभन्दा बढी तीर्थयात्रीले ज्यान गुमाएका छन् । साउदी प्रशासनले चर्को गर्मी र अवैध यात्रालाई यसको कारण भनेको छ  ।

गर्मीले कीर्तिमान बनाउँदै ५२ डिग्री सेल्सियस पुगेसँगै मृत्यु हुनेको संख्या वृद्धि भएको हो । जुन १४ देखि १९ सम्म भएको हज यात्रामा मृत्यु भएका पाँच तीर्थयात्रीमध्ये चार जनासँग वैध अनुमति नभएको र उनीहरु गर्मीमा आश्रय बिना हिँडिरहेको साउदी अरेबियाले जनाएको छ । मृतकमध्ये केही वृद्ध र बिरामीसमेत छन् ।

साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल जलाजेलले यात्रुहरूलाई अत्यधिक गर्मीको खतरा र यसबाट कसरी बच्ने भन्नेबारे सचेतना जगाउने प्रयास भइरहेको बताए ।

स्वास्थ्य केन्द्रमा करिब पाँच लाख मानिसको उपचार भइसकेको छ । जसमध्ये एक लाख ४० हजार विना अनुमति यात्रा गर्ने व्यक्ति रहेको साउदी सरकारले बताएको छ ।

हज यात्रामा मृत्यु हुनेमा सबैभन्दा बढी इजिप्टका छन् । इजिप्टका अहिलेसम्म ६५८ हज यात्रीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट