आन्दोलनरत संसदका कर्मचारीको कानून मन्त्री गिरीसँग छलफल-Sutra News

आन्दोलनरत संसदका कर्मचारीको कानून मन्त्री गिरीसँग छलफल

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

काठमाडौं । आफ्नो सेवा सुविधा बढाउन माग राख्दै आन्दोलनमा उत्रिएका संघीय संसद सचिवालय कर्मचारीसँग कानून मत्री पदम गिरीले वार्ता अगाडि बढाएका छन् ।



मन्त्री गिरी नेतृत्वको तीन सदस्यीय टोलीसहित संसद् सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता भएको हो । कर्मचारी युनियनका प्रतिनिधिसँग कानून मन्त्री मन्त्री, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रियसभाका सचिव र एमाले सचेतक सुनिता बराल संवादमा जुटेका हुन् ।

आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरी नेतृत्वको समिति बनाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुनलगायत नेताको बैठकले कर्मचारीको मागबारे सहजीकरण गर्न समिति बनाएको थियो ।

समितिमा संघीय संसद् सचिवालयका महासचिव पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् । अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको भन्दै संघीय संसद्का कर्मचारीले ११ बुँदे माग राख्दै आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट