सर्वोच्चले तत्कालका लागि जोगाइदियो गण्डकीमा देवकोटाको पद-Sutra News

सर्वोच्चले तत्कालका लागि जोगाइदियो गण्डकीमा देवकोटाको पद

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा आदेश जारी गरेको हो ।



अदालतले नेपाल समाजवादी पार्टीका देवकोटामाथि माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने बताएको छ । “निवेदक नेपाल समाजवादी पार्टीसँग आवद्ध रहेको र सो पार्टी निवेदकले त्याग गरेको नदेखिएको साथै निवेदकलाई कारबाही गरी निष्कासनसमेत गरेको देखिँदैन”, अदालतको आदेशमा भनिएको छ, “निवेदक आवद्ध नभएको राजनीतिक दल माओवादीबाट निवेदकलाई दल त्याग गरेको भनी गण्डकी प्रदेश सभा सदस्यबाट निष्कासन गर्न पाउने अधिकार रहेको नदेखिएको।”

अदालतको आदेशसँगै तत्कालको लागि देवकोटाको पद थमौती भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएपछि देवकोटामाथि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले कारबाही गरेको पत्र प्रदेशसभाको बैठकमा सभामुख कृष्ण धितालले पढेर सुनाएका थिए । जससँगै देवकोटो सांसद पद गएको थियो ।

आफ्नो चुनाव चिन्हबाट निर्वाचन लडेका देवकोटा आफ्नो दलको भएको र दलीय ह्वीप उल्लंघन गरेको माओवादी केन्द्रको जिकिर छ ।

उनी गोरखा निर्वाचन क्षेत्र नम्बर २ को १ बाट माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेका थिए । माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेपनि देवकोटाले आफूलाई समाजवादी पार्टीको सदस्य भएको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट