एनआईसी एशिया बैंकले ल्यायो ऋणिका लागि छुट सुविधा, कुनमा कति ?-Sutra News

एनआईसी एशिया बैंकले ल्यायो ऋणिका लागि छुट सुविधा, कुनमा कति ?

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

काठमाडौं। एनआईसी एशिया बैंकले ऋणिका लागि छुट सुविधा ल्याएको छ। भाखा नाघेका ऋणीले आषाढ महिनाभित्रमा भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने बैंकले जनाएको छ।



मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अन्य रिभोल्भिङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनःउत्थान एवम् दिगो सबलीकरण समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

कुनमा कति छुट  ?

क्र.सं. भाखा नाघेको समयावधि साधारण ब्याज रकममा छुट (प्रतिशत)
९१ दिनदेखि १८० दिन १५ प्रतिशत
१८१ दिनदेखि ३६५ दिन २५ प्रतिशत
३६५ दिनभन्दा बढि ३५ प्रतिशत

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट