नेपाली सेनाका नवनियुक्त अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान-Sutra News

नेपाली सेनाका नवनियुक्त अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा रिक्त रहेका अधिकृत पदमा नियुक्त भएकाहरूलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।



खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी पाँच जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नव नियुक्त अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

नेपाली सेनाका रथीवृन्द, अधिकृतका साथै नव नियुक्त अधिकृतका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नव नियुक्त अधिकृतलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट