काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकाको न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन सोमबार उनीहरू त्यसतर्फ प्रस्थान गरेको छ ।
यही असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने चौथोँ समिटमा भाग लिन गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आईजी बसन्तबहादुर कुँवर, सशस्त्रका आईजी राजु अर्यालसहितको टोली आज अमेरिका प्रस्थान गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।