भारतको कालाबुर्गी विमानस्थलमा बमको धम्की, अनुसन्धान गर्दै प्रहरी-Sutra News

भारतको कालाबुर्गी विमानस्थलमा बमको धम्की, अनुसन्धान गर्दै प्रहरी

सोमबार, १० असार २०८१

सोमबार, १० असार २०८१

काठमाडौं । भारतको दक्षिण–पश्चिमी राज्य कर्नाटकको एउटा विमानस्थलमा सोमबार बमको धम्कीको इमेल प्राप्त भएको छ ।



प्रहरीका अनुसार बम पत्ता लगाउने तथा डिस्पोजल टोलीसहित स्निफर कुकुरलाई विमानस्थल परिसरमा लगिएको थियो । तर, अन्तिम रिपोर्ट नआएसम्म जारी रहेको खोजीका क्रममा शंकास्पद केही फेला परेको छैन ।

कालाबुर्गी विमानस्थल कर्नाटकको राजधानी बेङ्गलुरुबाट लगभग ६१७ किमी उत्तरमा छ । एक वरिष्ठ प्रहरी अधिकारीले सञ्चार माध्यमलाई भने, “विमानस्थल निर्देशकलाई एक अज्ञात प्रेषकबाट एउटा इमेल प्राप्त भयो, जसमा विमानस्थल परिसरभित्र बम राखिएको दाबी गरिएको थियो, उहाँले मेल प्रेषकले शक्तिशाली बम प्रयोग गरेर पूरै विमानस्थल विस्फोट गर्ने धम्की दिएको बताउनु भयो ।”

गत हप्ता भारतका ४१ विमानस्थल र मुम्बई सहरका ५० भन्दा बढी अस्पतालले बम भएको चेतावनी इमेल प्राप्त गरेका थिए । तर, पछि ती सबै होक्स (फेक) कल भएको पाइएको छ ।

विमान स्थलहरूमा बढ्दो होक्स बम धम्कीको पृष्ठभूमिमा भारतको नागरिक उड्डयन सुरक्षा निकाय ब्युरो अफ सिभिल एभिएसन सेक्युरिटीले यस्ता धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको छ ।

विगत दुई महिनामा राष्ट्रिय राजधानी क्षेत्र दिल्लीलगायत देशभरका विद्यालय, विमान स्थल र अस्पतालहरूमा होक्स (फेक) बम धम्कीहरूको शृङ्खला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट