आज मेष, कन्या र तुला राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज मेष, कन्या र तुला राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

आज मिति २०८१ असार ११ गते मंगलबार । संन् २०२४ जुन २५ तारिख । नेपाल सम्बत ११४४ तछलागा चतुर्थी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

सजिलै अरुको मन जित्न सकिने, आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिएला । तर, काममा रुचि घट्ने तथा खराब विचारले मनमा डेरा जमाउन सक्छ, सचेत रहनुहोला । जोखिम र दौडधुप वृद्धि हुनेछ । चोटपटक लाग्नुबाट बच्न आजको दिन विशेष सचेत रहनुहोला ।

बृष

तपाईंका कामको उच्च मूल्याङ्कन हुने समय छ । बोलीको कदर हुनुका साथै कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । काम गर्ने वातावरण मिल्ला । दीन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर जुर्ने योग छ । आरोग्यता रहनेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । पारिवारिक समस्याको समाधान निस्कनेछ । उत्साह बढ्ने छ । आफन्तको साथ प्राप्त होला ।

मिथुन

पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग(व्यापारमा पनि विशेष फाइदा प्राप्त होला । सहयोगीहरूले राम्रै साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । बिग्रिएका काम फेरि सुधारको दिशामा जानेछन् । सामर्थ्य र आरोग्यता बढ्नेछ । पराक्रम बढ्नेछ भने शत्रुमाथि विजय प्राप्त होला । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

समयको धार अलिक विपरीत दिशामा चलेको हुँदा सकारात्मक बोलीको पनि विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । व्यापार व्यवसायमा हानी व्यहोर्नु पर्ला । कर्मचारी हुनुहुन्छ भने अपजस व्यहोर्नुपर्ने योग रहेकोले सचेत र संयम रहनु उचित हुनेछ । आजको दिन यात्रागत कार्य नगर्नु नै हितकर हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेकोले सावधान रहनुहोला । रसरागमा भने आकर्षण बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । आरोग्यता रहनेछ ।

सिंह

व्यस्तता बढ्ने छ । सभा सम्मेलनमा सहभागिता जनाउने योग रहेपनि आजको दिन पारिवारिक समस्याले मन खिन्न रहला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास रुचि रहने छैन । चोटपटकको भय पनि छ । मातापिताको स्वास्थ्यसम्बन्धी चिन्ता बढ्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । सार्वजनिक कार्यक्रममा रहला ।

कन्या

पराक्रम र अनुकुलता वृद्धि हुनेछ । नसोचेका कामहरु बन्ने र पठनपाठनमा प्रगति हुने समय छ । आत्मविश्वास बढ्नुका साथै शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जन गर्ने मौका जुर्ला । कर्मप्राप्तिको योग छ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । मान महत्व बढ्नेछन् । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला

मान महत्व बढ्ने र आरोग्यबल वृद्धि हुने समय छ । समय मनोरञ्जनपूर्ण रहला । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने योग छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण बढ्ला ।

बृश्चिक

समय अलिक चुनौतीयुक्त छ । सानातिना काम तथा घरेलु समस्यामा नै समय व्यतीत हुने देखिन्छ । काममा बाधाअडचन आउन सक्छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानीको सम्भावना रहेकोले विशेष सचेत रहनुहोला । बौद्धिक र सृजनात्मक कार्यमा भने सफलता मिल्नेछ । स्वास्थ्यप्रति पनि अलिक ध्यान बढाउनु हितकर होला ।

धनु

सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जाला । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । व्यापारमा लाभ होला । समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । आय तथा कर्मबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ

कर्मबल वृद्धि भएपनि मान्यजन वा अभिभावकवर्ग असन्तुष्ट रहन सक्ने समय छ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा कुरा काट्नेको कमी हुने छैन । तथापि, सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आकस्मिक यात्राको सम्भावना पनि छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

आफन्तको साथ कमै मिल्ने दिन छ । अप्रिय समाचारले मन खिन्न तुल्याउला । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट