टी २० विश्वकपको सेमिफाइनलमा पुग्यो भारत, संकटमा अष्ट्रेलिया-Sutra News

टी २० विश्वकपको सेमिफाइनलमा पुग्यो भारत, संकटमा अष्ट्रेलिया

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

काठमाडौँ । जारी टी २० विश्वकपमा भारत सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अष्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।



भारतले दिएको २०६ रनको लक्ष्य पछाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए । भारतीय बलर अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको मद्दतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो ।

त्यसैगरी यो हारपछि अष्ट्रेलियाको सेमिफाइनल यात्रा संकटमा परेको छ । अफगानिस्तान र बंगलादेशको खेलपछि मात्र समूह १ बाट सेमिफाइनलमा पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट