कलेजो हाम्रो शरीरको एक धेरै महत्त्वपूर्ण अंग हो। याे यति धेरै संवेदनशील छ कि यसमा अलिकति पनि गडबडी भयो भने पूरै शरिरमा गडबडी हुन्छ । त्यसैले हामीले हाम्रो कलेजोको विशेष ख्याल राख्नुपर्छ।
यदि तपाईको खानपान र जीवनशैली राम्रो छ भने तपाईको कलेजो स्वस्थ रहन्छ, तर तपाईको जीवनशैली र खानपानमा कुनै गडबड भयो भने त्यसको प्रत्यक्ष असर कलेजोमा पर्छ ।
चिकित्सकहरूले चिया र कफी कलेजोका लागि हानीकारक हुने बताएका छन् । थाहा पाउनुहाेस् चिया र कफीबारे चिकित्सकीय निष्कर्ष–
अधिकांश मानिसहरू बिहानको सुरुवात चिया र कफीबाट गर्ने गर्दछन् । उनीहरू तत्कालकाे लागि भाेक मेटाउने उपायकाे रूपमा पनि यसलाई प्रयाेग गर्ने गरेका छन् ।
चिकित्सकहरूका अनुसार यदि तपाईले दुधको चिया वा कफी मात्र नभई जडिबुटी चिया पनि धेरै पिउनुभयो भने यसले कलेजोलाई हानि पुर्याउँछ।
यदि तपाई धेरै चिया पिउनुहुन्छ भने, कलेजोमा विषाक्त पदार्थको मात्रा उल्लेखनीय रूपमा बढ्छ। चिया पिउनाले पनि कलेजो सुन्निन सक्छ । धेरै कफी पिउनाले कलेजोमा धेरै खतरनाक असर गर्छ। विशेषगरी कालो कफी सिमित मात्रामा पिउनुपर्छ । किनकी धेरै पिउनाले कलेजोमा क्षति पुग्न सक्छ । मसला चिया पिउनु पनि कलेजोको लागि हानिकारक हुन्छ । मसला चियामा धेरै प्रकारका मसलाहरू प्रयोग गरिन्छ।
खाली पेटमा चिया पिउनाले कलेजोमा नराम्रो असर पर्छ । जसले कलेजाेलाई कमजाेर बनाउँछ ।
दूधको चिया जस्तै कालो चिया पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन । यस कारणले तपाईको शरीरमा सुन्निने र फुल्ने समस्या बढ्न सक्छ। कालो चिया धेरै पिउनाले भोक पनि कम हुन्छ । एजेन्सीकाे सहयाेगमा