खुर्सानी चिप्स खाँदा एक विद्यार्थीको मृत्यु, थुप्रै बिरामी !-Sutra News

खुर्सानी चिप्स खाँदा एक विद्यार्थीको मृत्यु, थुप्रै बिरामी !

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

अमेरिकामा खुर्सानीवाला चिप्स खाँदा एक विद्यार्थीको मृत्यु भएको घटना सार्वजनिक भएको छ । पोस्टमार्टम रिपोर्टले मृत्युको खुलासा गरेपछि डाक्टरहरू पनि स्तब्ध भएका छन्, किनभने यी चिप्समा एउटा यस्तो वस्तु फेला परेको थियो जुन हरेक घरमा प्रयोग गरिन्छ। यस कारणले गर्दा, चिकित्सकहरू खुर्सानीको यो यौगिकको बारेमा धेरै चिन्तित छन्, जुन हरेक व्यक्तिको लागि जान्न धेरै महत्त्वपूर्ण छ।



एपी रिपोर्टका अनुसार अमेरिकाको म्यासाचुसेट्स सहरमा बस्ने ह्यारिस भोलोबा नामकी १० कक्षामा पढ्ने विद्यार्थीले सामाजिक सञ्जालमा स्पाइसी टर्टिला चिप्स च्यालेन्जमा भाग लिएकी थिइन् । यी चिप्समा खुर्सानी मिसाइएकाे थियाे, जसलाई खाएपछि उनको स्वास्थ्य बिग्रियो । स्थानीयको सुचनामा प्रहरी विद्यार्थीको घरमा पुग्दा उनलाई अचेत अवस्थामा फेला पारेका थिए । प्रहरीले विद्यार्थीलाई अस्पताल पुर्याएपनि विद्यार्थीको मृत्यु भएको थियो ।

विद्यार्थीको मृत्यु कार्डियोपल्मोनरी अरेस्टका कारण भएको चिकित्सकहरुले बताएका छन् । अत्यधिक मात्रामा क्याप्सासिन भएको खुर्सानी खाँदा उनको अवस्था बिग्रिएको चिकित्सकले बताएका छन् । सँगै रिपोर्टहरूअनुसार टोर्टिला चिप्स च्यालेन्जमा भाग लिएका अन्य किशोरहरू पनि बिरामी परेकाे जनाइएकाे छ ।

खुर्सानी किन खतरनाक छ?

बीबीसीको रिपोर्ट अनुसार, क्याप्साइसिन एक तत्व हो जसले खुर्सानीलाई धेरै मसलादार बनाउँछ र जलनयुक्त बनाउँछ । अनुसन्धानका अनुसार खुर्सानीमा करिब २३ प्रकारका क्याप्साइसिनोइड्स पाइन्छ जसमध्ये सबैभन्दा खतरनाक क्याप्साइसिन हो । यो कम्पाउन्ड यति खतरनाक मानिन्छ कि यसलाई बेलायतमा खानामा थप्न अनुमति छैन।

खुर्सानीको यो कम्पाउण्डलाई लिएर डेनमार्क र जर्मनीमा पनि चेतावनी दिइएको छ ।

उच्च मात्रामा क्याप्साइसिन भएको खुर्सानी खाँदा यसले दुखाइ रिसेप्टर्सलाई सक्रिय बनाउँछ, जसले शरीरमा गम्भीर पीडा र सुन्निने गर्छ। यसको सेवन गरेपछि पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने र उच्च रक्तचाप हुन सक्छ।

यसको अत्यधिक सेवनले चक्कर लाग्न सक्छ र ज्यान समेत जान सक्छ।

बेलायती एजेन्सी बीएफआरका अनुसार यदि कुनै खाद्य वस्तुमा ०.५ देखि १ मिलीग्राम क्याप्साइसिनोइड्स हुन्छ भने यसले ठूलो नोक्सान पुर्‍याउन सक्छ। आजकल, यो धेरै मसालेदार चिप्स र चाउचाउमा यसकाे प्रयोग बढ्दो छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट