यस्तो छ ‘जेरीः अन टप’मा अनमोलको लुक्स-Sutra News

यस्तो छ ‘जेरीः अन टप’मा अनमोलको लुक्स

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

काठमाडाैं । फिल्म ‘जेरीः अन टप’को नायक अनमोल केसीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले केही दिन अगाडि फोटोसुट गरेको सोमबार अनमोलको लुक्स रिलिज गरेको हो ।



फिल्मको केन्द्रीय भूमिकामा देखिन लागेका अनमोल लभ्ली फेसमा चकलेटी लुक्समा छन् । जसमा उनी एउटा आँखा चिम्लिएर खैरो जिन्सको आउटर र पाइन्टमा रहेका उनले पिंक कलरको टिसर्ट लगाएका छन् । उनको गेटअप, लुक्स र हातको सिम्बोलले अनमोल फिल्ममा लभरब्वाईको क्यारेक्टरमा रहेको अनुमान लगाउन सकिन्छ ।

सरोज न्यौपाने र दीपक भण्डारीको निर्माणमा तयार हुन लागेको यो फिल्ममा अनमोलसँगै आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा छिन् । सुरुमा यो फिल्ममा आना शर्मा अनुबन्ध भए पनि तीन दिन अगाडि मात्रै उनको ठाउँमा गुरुङले प्रवेश गरेकी हुन् ।

निर्माण पक्षले आनालाई सुटमा बोलाउँदा नआएको भन्दै फिल्मबाटै हटाएको थियो ।

साउन १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मलाई त्रिकोणात्मक कथामा निर्माण गर्न लागिएको छ । फिल्मको छायांकन काठमाडौंसँगै मुस्ताङ र लुक्लामा हुने निर्माण पक्षले जनाएको छ । फिल्मको हाल प्रि-प्रोडक्शनको काम भइरहेको छ ।

सुयोग गुरुङको निर्देशन रहने फिल्म सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । फिल्ममा दीपक भण्डारीको पनि लगानी रहनेछ । क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् ।

यो फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने तय भए पनि उनी अमेरिका गएपछि सुयोग भित्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट