२० वर्षपछि विवाह गरे २० हजार पुरस्कार-Sutra News

२० वर्षपछि विवाह गरे २० हजार पुरस्कार

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

काठमाडौं । सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार पुरस्कार प्रदान गर्ने भएको छ ।



नगरपालिकाले ११ औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ ।

‘यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालविवाह कम हुने अपेक्षा गरेका छौँ,’ नगरप्रमुख आतेशकुमार सिंहले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।’

दलित समूदायका उमेर पुगेर विवाह गर्ने महिलालाई बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ ।

नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालय स्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट