ओसिनले दुई नायिकालाई नाङ्गो बनाएपछि जसितासँग माफी !-Sutra News

ओसिनले दुई नायिकालाई नाङ्गो बनाएपछि जसितासँग माफी !

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स् माई शो’ विवादित बनेको छ । नयाँ प्रस्तोता बनेर आएकी ओसिन सिटौलाले कार्यक्रममा गेस्ट बनेर पुगेका नायिका स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहसँगको अन्तर्वार्ता विवादित बनेको हो ।



उनीहरूले नायिका जसिता गुरुङलाई अनमोलको ग्रलफेण्डका रूपमा चिनाउँदै अन्य दुई व्यक्तिसँग सम्बन्ध बनाएको चर्चा गरेका थिए । यसपछि जसिता गुरुङले आपत्ति जनाउँदै दुई नायिका र होस्टलाई समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ ? भनेर प्रश्न गरिन् ।

जसिताले आपत्ति जनाएपछि दुई नायिकाले माफी मागेका छन् । तर, कार्यक्रमकी होस्ट ‌ओसिनले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।

जसिताको स्टाटसमा कमेन्ट गर्दै स्वस्तिमा लेख्छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु, यो एक रमाइलो कार्यक्रम थियो, र धेरै उत्साहजनक तरिकामा प्रकट भयो, तिमी सधैं मेरो लागि धेरै राम्रो साथी छौँ, र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’

यस्तै, साम्राज्ञीले आफूले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छन् ।

‘हामीलाई प्रश्नहरुको यो द्रुत राउण्डमा एक स्थितिमा राखिएको थियो, हामीले नतिजाको बारेमा सोचेका थिएनौँ, तर कुनै पनि तरिकाले तपाईंलाई धम्क्याउने प्रयास गरेका थिएनौँ, तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु,’ उनले जसिताको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छन् । तर, स्वस्तिमा र साम्राज्ञीको कमेन्टमा धेरैले उनीहरुलाई अश्लिल गाली गलौज गरेका छन् ।

यसअघि कार्यक्रममा ओसिनले दुई नायिकालाई ‘निच’ प्रस्ताव पेश गर्दै आफूले सोधेको प्रश्नको जवाफ नआए कपडा खोल्नु पर्ने चुनौती दिएकी थिइन् । कार्यक्रममा आफूहरू नाङ्गिने डरसँगै उनीहरूले अर्का चरित्र नङ्गाउन तत्पर हुँदा जसितासँग माफी माग्न बाध्य भएका छन् । यता, प्रस्तोता ओसिन पनि पहिलो एपिसोडबाटै नाङ्गो बनेकी छन् ।

वर्षौंदेखि एक ब्राण्डका रूपमा स्थापित कार्यक्रमबाट पूर्व प्रस्तोता सुरज सिंह ठकुरी बाहिरिएका थिए । उनले यस कार्यक्रमको जिम्मेवारी ओसिनलाई दिएका थिए । ओसिनले कार्यक्रम सम्हालेको पहिलो एपिसोडमै नायिकालाई नाङ्गो बन्नु पर्ने चुनौती दिन पुगिन् ।

कान्तिपुर जस्तो टिभी भ्युजका लागि यतिसम्म गिर्छ ? भन्ने कसैले कल्पना गर्न सक्दैन । तर, ओसिनको एक कार्यक्रमले कान्तिपुर टिभीकाे प्रतिष्ठामा प्रश्न खडा गरिदिएकी छन् ।

यो पनि पढ्नुहोस्

जसिताको साम्राज्ञी र स्वस्तिमालाई प्रश्न- ‘समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट