केपी ओलीको दाबी- राम्रो भएकाले बजेट बहुमतले पास भयो-Sutra News

केपी ओलीको दाबी- राम्रो भएकाले बजेट बहुमतले पास भयो

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताएका छन् ।



मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकाले सदनबाट बहुमतले पास भएको बताएका हुन् ।

प्रधानमन्त्रीले मन्त्रीहरूले आफुखुसी बजेट राखेको भन्ने गुनासो गर्नु भएको छ नि ? भन्ने प्रश्नमा ओलीले आफूले त्यस्तो नसुनेको दाबी गरे । मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संसदमा बजेट पेश गरेसँगै ओलीले बजेट नेकपा माओवादी केन्द्रतफै ढल्केको आरोप लगाउँदै आएका थिए । यसैबीच उनले एमालेका सबै सांसदलाई बजेटमाथि खुलेर टिप्पणी गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट