केदार कार्कीको रिट खारेज, हिक्मत कार्कीलाई हाइसन्चो-Sutra News

केदार कार्कीको रिट खारेज, हिक्मत कार्कीलाई हाइसन्चो

मंगलबार, ११ असार २०८१

मंगलबार, ११ असार २०८१

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज भएको छ । मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो ।



रिट खारेज भएसँगै मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका केदार कार्कीलाई सांसदहरुले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

तर, कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको अन्तिम विकल्पको सरकार भएको भन्दै हटाउन नमिल्ने बताउँदै आएका थिए ।

उपधारा ५ बमोजिम नै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै केदार कार्कीले सर्वोच्च रिट दायर गरेका थिए । हिक्मतकुमार कार्की नियुक्त भएको दुई दिनपछि गत वैशाख २७ मा उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट