काठमाडौं । अछाममा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जिल्लाको तुर्माखाद गाउँपालिका ६ निवासी १५ वर्षका बिमल बिक र १४ वर्षीय झंकर विक घरबाट तुर्माखाँद गापा–७ बासकाडा जाने क्रममा कच्ची सडकखण्डमा पोलबाट चुँडिएर सडकमा खसेको तारमा झंकर विकलाई करेण्ट लागेको थियो । उनलाई करेण्ट लागेपछि बचाउन तान्ने क्रममा विमललाई पनि करेण्ट लागेको थियो ।
करेण्ट लाग्दा झंकरलाई बचाउन खोजेका विमलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
झंकर विक भने घाइते छन् । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कमल बजारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर शाहीसहित सात जनाको टोली घटना स्थलतर्फ पठाइसकेको प्रनाउ पाठकले बताए ।