आज कन्या, मकर र कुम्भ राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज कन्या, मकर र कुम्भ राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

आज मिति २०८१ असार १२ गते बुधबार । सन् २०२४ जुन २६ तारिख । नेपाल सम्बत ११४४ तछलागा पञ्चमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

दिन शुभदायी छ । भाग्योदय हुनेछ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ भने मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । आँटेको काम पूर्ण हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्ने योग छ । धर्मकर्ममा आकर्षण बढ्ला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । मनोरन्जनका साथ दिन बित्नेछ ।

बृष

आजको दिन आम्दानीका स्रोतहरू बढ्नाले मन प्रशन्न रहला । प्रेमसम्बन्धमा विश्वासको मात्रा बढ्ने समय छ । मित्रजन एवम् दाजुभाइको सहयोग पनि प्राप्त हुने देखिन्छ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउने छ । परोपकारमा मन जाला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता बढ्ने छ । आफन्तजनको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्ने छ ।

मिथुन

अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिने समय छ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि प्रगति होला । धन कमाउने अवसर जुट्ने छ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । स्वास्थ्य भने सामान्य कमजोर रहन सक्छ, ध्यान राख्नुहोला । यशवर्चश्व वृद्धि हुनेछ ।

कर्कट

मिश्रित फल दिने प्रकारको दिन छ । सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ भने स्वास्थ्यगत कार्यमा खर्च बढ्ने योग छ । आज वादविवादको अवस्थाबाट बच्ने प्रयास गर्नु हितकर हुनेछ । नयाँ कार्य थालनी गर्ने अवसर मिल्न सक्छ । कार्यसफलताको लागि आफ्नै बल विवेकमार्फत जोडबल लगाउनु पर्ला ।

सिंह

पारिवारिक सद्भावले कार्यमा सफलता मिल्ने समय छ । जागिरमा प्रशंसा र पदोन्नतिको योग छ भने अध्ययन–अध्यापन कार्य फलदायी रहनेछ । प्रेमभाव बढ्ने छ । रसरागमा आकर्षण रहला । सुख वृद्धि हुनेछ । विजयश्री प्राप्त होला ।

कन्या

बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । आफन्तसँगको भेटले हर्ष बढ्ला । सन्तानको सहयोग मिल्नेछ । याात्रामा मन रमाउनेछ भने दाम्पत्य जीवन सुखमय रहला । व्यस्तता वृद्धि हुनेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला

व्यापार व्यवसायमा उन्नति हुनेछ, रोकिएका काम बन्ने छन् । स्वास्थ्यमा सुधार आउने छ । लेखन कार्यमा मन जाला । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन्, हौसला मिल्नेछ । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

बृश्चिक

मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउन सक्छ । विश्वास पात्रबाट धोका मिल्ने योग भएकोले सतर्कताका साथ कर्म गर्नु हितकर हुनेछ । खर्च वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्ने छ । अन्ततः समयले साथ दिनेछ ।

धनु

काममा कठिनाइ देखिए पनि आाजको दिन खुशीसाथ नै बित्नेछ । घर–जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ । साहसिक र कठिन काममा सक्रियता बढ्नेछ । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्ने छ । सफलताले कदम चुम्ने समय छ ।

मकर

अध्ययनका लागि अनुकुल समय छ । ब्यापार व्यवसाय पनि फस्टाउने छ । पारिवारिक सम्बन्ध सुमधुर रहला । प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययन–अध्यापनको पक्षमा पनि राम्रै प्रगति हुने देखिन्छ । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

प्रियजनसँग भेटघाट र प्रशन्नताको समय छ । कामबाट विश्राम लिने मौका मिल्ला । तर, दैनिक कार्यमा ढिलासुस्ती वा ब्यवधान बेहोर्नुपर्नेछ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्न सक्छ । आयबल बढ्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन

कर्मबल बढ्ने छ तर सानो कामका लागि निकै दौडधुप गर्नु पर्ला । लगानीको उचित प्रतिफल मिल्ने समय छ । समाजमा कुरा काट्नेहरू बढ्ने छन्, सचेत रहनुहोला । दैनिक कार्यमा केही समस्याहरू देखिएलान् । खर्चिलो यात्रा गर्नु पर्ने योग छ । साथीभाइको सहयोग रहनेछ । सन्तानसुख प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने छ । सुखसुविधा र विलासिताका साथमा समय बित्ने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट