प्रधानमन्त्रीले गितार उपहार दिए करण परियारलाई-Sutra News

प्रधानमन्त्रीले गितार उपहार दिए करण परियारलाई

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बालुवाटार बोलाएर बधाई दिएका छन् ।



आज विहान बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले विजेता परियारलाई गितार उपहार समेत दिएका हुन् । उक्त अवसरमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्न हौसला प्रदान गरे ।

साथै, प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।

दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका बर्दियाका परियार गत शनिबार राति भएको ग्रान्ड फिनालेमा फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै नेपाल आइडल सिजन ५ को उपाधि विजेता बनेका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् ।

फागुन २४ देखि प्रसारण सुरू भएको पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका थिए । उनीहरू मध्येबाट उत्कृष्ट १० चयन गरी त्यसबाट भोटिङको आधारमा टप ४ सम्म छनौट गरी फाइनलमा चार जनाबीच प्रतिष्पर्धा गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट