थाेरै सुत्नु मात्र नभइ धेरै सुत्नु पनि स्वास्थ्यका लागि खतरनाक हुने कुरा विज्ञहरूले बताएका छन् । यदि तपाई राती पूरा सुत्नुहुन्छ र दिउँसो सुत्नुहुन्छ भने तपाई सचेत रहनुपर्छ, किनकि यो ठूलो रोगको संकेत हुन सक्छ ।
धेरै र कम सुत्नु दुवै स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरू बताउँछन् । कसैलाई धेरै सुत्ने बानी हुन्छ त कसैलाई कम सुत्ने बानी हुन्छ । कतिपय मानिसहरु राती ८ देखि १० घण्टा सुत्छन् तर, त्यसको बाबजुद पनि उनीहरुलाई दिउँसो निद्रा लाग्ने गर्छ । यो बानी राम्रो होइन । यदि तपाइँमा हाइपरसोमनिया नामक रोग छ भने यस्ताे समस्या देखिने विज्ञहरूले बताएका छन् ।
यो रोगमा राती पर्याप्त निद्रा नहुँदा पनि काम गर्दा पनि कहिलेकाहीँ निद्रा लाग्ने गर्छ । आउनुहोस् यो रोग के हो र यो कति खतरनाक छ थाहा पाउनुहोस्…
स्वास्थ्य विज्ञहरूका अनुसार यो रोगको वास्तविक कारणबारे अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन । तर, केही अनुसन्धानले यो रोग आनुवंशिक कारणले पनि हुनसक्ने देखाएकाे छ ।
यदि कोही मोटोपनाको शिकार छ भने यो रोगले छिट्टै सताउँछ । धेरै अवस्थामा, यो पार्किन्सन रोगको कारण पनि हुन सक्छ।
मनोचिकित्सकहरुका अनुसार मानसिक अवस्था कमजोर भएकाले आजकाल मानिसहरु डिप्रेसनमा जान थालेका छन् । यसको विपरीत असर पनि पर्न सक्छ । जसका कारण तपाई हाइपरसोम्नियाको शिकार हुन सक्नुहुन्छ।
यो समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ। तर धेरैजसो ३० र ४० वर्ष उमेरका मानिसहरूमा देखा पर्ने गरेकाे भेटिएकाे छ । एजेन्सीकाे सहयाेगमा