विवाहपछि अभिनेत्री सोनाक्षीको भावुक नोट-Sutra News

विवाहपछि अभिनेत्री सोनाक्षीको भावुक नोट

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जहीर इकबालसँग जुन २३ मा दर्ता विवाह गरेकी छन् । सात वर्षदेखिको प्रेम सम्बन्धलाई कानुनी विवाहमा परिणत गरेकी हुन्।



सोनाक्षीको यो विवाह बारे भारतमा अनेकौँ विवाद भएका छन् । हिन्दु- मुश्लिम विवाह भन्दै कैयौँ ठाउँमा सोनाक्षीको विरोध गरिएको छ ।

यसैबीच सोनाक्षीले एक भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरेकी छिन् । उनले आफू र जहीरलाई एकताबद्ध गर्न सारा संसार मिलेको महसुस गरेका छन् ।

सोनाक्षी सिन्हाले विवाहपछि पहिलो पटक सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले भनेकी छन्- ‘कस्तो दिन थियो । हाम्रो परिवार, साथीहरू, टोलीको माया, हाँसो, साथी, उत्साह र न्यानोपन । मायामा परेका दुई व्यक्तिले सधैँ चाहेको, आशा गरेको र प्रार्थना गरेको कुरा पूरा गर्न सारा ब्रह्माण्ड एकै ठाउँमा आएको जस्तो लाग्थ्यो । हामी एक अर्कालाई भेट्न पाउँदा र यति धेरै मायाको संरक्षणमा रहन पाउँदा धेरै धन्य महसुस गर्छौँ ।’

यता, सोनाक्षीको विवाहलाई लिएर उनको परिवार खुशी नभएको विषय पनि धेरै पहिला देखि मिडियामा चर्चाको विषय बनेको थियो । विवाहपछि उनीहरूले रिसेप्सन पार्टी आयोजना गरेका थिए। पार्टीमा परिवार, साथी र थुप्रै बलिउड कलाकारहरू सहभागी थिए।

विवाहमा सोनाक्षीका बुबा शत्रुन्ध सिन्हा र आमा पुनम सिन्हा देखिएका थिए। तर सोनाक्षीका दुवै भाइ लभ सिन्हा र कुश सिन्हा सहभागी थिएनन्। सोनाक्षीका दुवै भाइ सहभागी नभएपछि उनीहरूबीच मतभेद रहेको अनुमान गरिएको छ। हालै यस विषयमा लभ सिन्हाले आफ्नो कुरा राखेका छन्।

‘कृपया एक या दुई दिनको समय दिनुहोस् ताकि म तपाईँहरूको प्रश्नको जबाफ दिन सकूँ। प्रश्नको लागि धन्यवाद,’ उनले हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै भनेका छन्।

सोनाक्षी र जहीरको विवाहको मिति सार्वजनिक भएसँगै सिन्हा परिवार खुसी थिएनन्। तर उनका पुरा परिवार विवाह सहभागी भएका थिए तर सोनाक्षीका दुवै भाइ सहभागी भएनन्।

 

View this post on Instagram

 

A post shared by Sonakshi Sinha (@aslisona)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट