घट्यो सुनचाँदीको मूल्य-Sutra News

घट्यो सुनचाँदीको मूल्य

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।



केही दिनदेखि स्थिर रहेको सुनको मूल्य साताको चौथो कारोबार दिन बुधबार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार अघिल्लो कारोबार दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार नौ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार तीन सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनको मूल्य घटेसँगै स्थानीय बजारमा चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार केही दिनदेखि नै लगातार ओरालोमा रहेको चाँदीको मूल्य बुधबार तोलाकै २५ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै बुधबार चाँदी प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको प्रभाव स्थानीय बजारमा पर्ने गरेको छ । सँगै, स्थानीय बजारमा माग र आपूर्तिको श्रृंखलाले पनि मूल्यलाई प्रभावित बनाइरहेको पाइन्छ ।

पछिल्लो समय सुनको मूल्यमा भन्सार दर बृद्धि भएसँगै मूल्य पनि बढेको छ । नयाँ बजेटमा सरकारले सुनको भन्सार दर २० प्रतिशत पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट