‘इट्स माई शो’ विवादित बनेपछि सुरज सिंह भन्छन्- मेरो ब्रान्ड ध्वस्त भयो-Sutra News

‘इट्स माई शो’ विवादित बनेपछि सुरज सिंह भन्छन्- मेरो ब्रान्ड ध्वस्त भयो

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ नामक कार्यक्रममा यतिबेला यो कार्यक्रम विवादमा फसेका छ ।



अघिल्ला प्रस्तोता सुरज सिंह ठकुरीले सञ्चालन गरेको कार्यक्रममा देखिने स्तरीय संवादको शैली नयाँ प्रस्तोता बनेर आएकी ओसिन सिटौलामा आइपुग्दा बोझिलो बन्न पुग्यो । कार्यक्रममा गेस्ट बनेर पुगेका नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहसँग अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण उनीहरुको चर्को आलोचना भइरहेको छ ।

लोकप्रिय कार्यक्रम ठकुरीबाट ओसिनमा सरेसँगै भद्र कार्यक्रम सेक्स टक शो जस्तै देखियो। भ्युजका लागि ओसिनले यतिसम्म गिर्छिन् भन्ने कसैले कल्पना गर्न सक्दैन । कार्यक्रममा ओसिनले दुई नायिकालाई ‘निच’ प्रस्ताव पेश गर्दै आफूले सोधेको प्रश्नको जवाफ नआए कपडा खोल्नु पर्ने चुनौती दिएकी थिइन् ।

कार्यक्रममा ठाइएको विषयवस्तुलाई लिएर थुप्रै सेलिब्रेटी र दर्शकहरुले आपत्ति जनाइरहेका छन् । यता, यसअघि प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो ब्रान्ड ध्वस्त भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘भर्खरै कान्तिपुर टिभीमा सुरज सिंह ठकुरीसँग इट्स माइ शोसँगको सम्बन्धलाई लिएर केही अन्योल भएको छ, म स्पष्ट गर्न चाहन्छु म अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा, म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्ड प्रतिको मेरो बफादारी ध्वस्त भएको छ, एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामाग्रीको हिस्सा बन्न चाहन्न ।’

उनले आफू अहिले उक्त शो मा आबद्ध नरहेको समेत स्पष्ट पार्दै उनी थप्छन्, ‘तपाईंहरुको सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु, तपाईंहरुको प्रोत्साहन मेरो करियरमा एक प्रमुख शक्ति हो, आगामी दिनमा पनि तपाईंहरुले रमाइलो गर्ने र गर्व गर्न सक्ने सामाग्री ल्याउन प्रतिवद्ध छु ।’

उनले आफ्नो भविष्यको प्रयासमा दर्शकको साथ रहने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट