पोखरामा सडक भासिँदा यात्रुलाई सास्ती-Sutra News

पोखरामा सडक भासिँदा यात्रुलाई सास्ती

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगर १४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ ।



जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग आज बिहान भासिएको हो । अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडक खण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले जानकारी दिए ।

उक्त स्थानमा करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उनको भनाइ थियो । सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट