विश्वकपबाट नेपालले पाएकाे सन्देश- क्रिकेटमा लगानी गर्नु, सानो भनेर खुम्चाएर नराख्नु-Sutra News

विश्वकपबाट नेपालले पाएकाे सन्देश- क्रिकेटमा लगानी गर्नु, सानो भनेर खुम्चाएर नराख्नु

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । आगामी जुन २९ अर्थात् तीन दिनपछि क्रिकेट इतिहासमा नयाँ टोली विश्व विजेता बन्दै छ । यसका लागि चार वटा देश उपाधिको नजिक पुगेका छन् ।



टी २० फर्म्याटको विश्वकपमा दुई पटक उपाधि जितेको इङ्गल्याण्ड, पहिलो पटकको विजेता भारत र नयाँ कीर्तिमान बनाउने लक्ष्यका साथ अफगानिस्तान र दक्षिण अफ्रिका अगाडि बढेको हो ।

यस क्रममा अफगानिस्तानले उपाधिको दाबेदार मानिएको विश्व विजेता टोली अष्ट्रेलियालाई घर फर्काउन सफल भयो । यता, नेपालसँग पराजितको मुखमा पुगेर भाग्यले बाँचेको टोली दक्षिण अफ्रिकाले दुई पटकको विश्व विजेता वेष्ट इण्डिजलाई पाखा लगाउँदै उपाधि नजिक पुगेको हो ।

कूल २० टोली सहभागी प्रतियोगितामा नेपाल दोस्रो पटक सहभागी भएको थियो । सन् २०१४ मा विश्वकप खेलेको नेपाली टोली १० वर्षपछि जारी विश्वकपमा सहभागी बनेको थियो ।

प्रतियोगितामा छनोट चरणका सबै खेलमा पराजित हुँदै बाहिरिएको नेपाली टोली स्वदेश फिर्ता भइसकेको छ । यस्तै, विश्व विजेता टोलीहरू पाकिस्तान र श्रीलङ्का पनि छनोट चरणबाट माथि जान सकेन ।

नेपालले दिएको सन्देश

जारी विश्वकपमा नेपाली टोली तीन देशविरुद्ध खेल्न मैदानमा उत्रिएको थियो । वर्षाका कारण श्रीलङ्कासँग अंक बाँड्न बाध्य भए बाँकी टोलीसँग खेल्दै आफ्नो क्षमता प्रदर्शन गर्न सफल भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेर क्रिकेटको प्यास मेटाएका खेलाडीहरु पहिलो पटक विश्वकप जस्तो विशाल प्रतियोगितामा सहभागी हुँदै थिए । यसैबीच नेपालले लज्जास्पद हार बेहोर्ने विश्लेषण गरिएको थियो । तर, विश्वभर नेपाली क्रिकेटलाई हेर्ने नजर परिवर्तन गर्न सफल हुँदै असंख्या मानिसको सम्झनामा बस्न सफल भएको छ ।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्याण्डससँग ६ विकेटले पराजित बन्न पुगेको थियो । विश्वकपअघि भएको दुई देशबीचको श्रृङ्खलामा सिरिज गुमाए पनि नेपालले नेदरल्याण्डसविरुद्ध जित निकालेको थियो । विश्वकपमा पनि नेपालले जित निकाल्नेमा ढुक्क थियो ।

सह-आयोजक राष्ट्र अमेरिकामा भएको यो खेलमा टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने सहभागी बन्न नपाउँदा पराजित बनेको आंकलन गरिएको छ । अमेरिकाले भिसा नदिएपछि सन्दीपले नेदरल्याण्डसविरुद्धको खेल गुमाएका थिए ।

यस्तै, दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग एक-एक अंक बाँड्न बाध्य भएको थियो । भारी वर्षाका कारण खेल हुन नसकेपछि दुई देशले समान अंक बाँडेको हो ।

वेष्ट इण्डिजमा सम्पन्न दुई खेलमा नेपालले विश्वको ध्यान तान्न सफल भयो । यस क्रममा नेपाली टोली उपाधि रक्षाको दौड अपराजित हुँदै हिँडेको दक्षिण अफ्रिकासँग एक रनले पराजित बन्न पुग्यो ।

विश्व विजेता टोली इङ्गल्याण्ड र श्रीलङ्कामाथि सानदार जित निकाल्न सफल भएको दक्षिण अफ्रिकाले नेपालमाथि जित निकाल्न सबैभन्दा ठूलो संघर्ष गर्नु पर्यो । नेपाली बलरसामु निरिह बनेको दक्षिण अफ्रिकाले जम्मा ११५ रनको लक्ष्य पेश गरेका थियो ।

यो खेलमा नेपाली टोली जितको मुखमा पुगेर एक रनले पराजित बन्न पुग्यो । तर, यही खेलमार्फत नेपालले विश्वलाई ठूलो सन्देश दिन सफल भयो । विश्वकपमा अनेक उल्झनका साथ सहभागी भएका सन्दीपले आफ्नोतर्फबाट विश्व कीर्तिमान बनाउन चुके ।

वेष्ट इण्डिजमा सम्पन्न दोस्रो खेलमा पनि नेपाल बंगलादेशसँग २१ रनले पराजित बन्न पुग्यो । तर, यो खेलको पनि विश्वभर चर्चा भएको थियो । यसअघि बंगलादेशले अन्य टोलीमाथि सानदार प्रदर्शन गर्दै आएकोमा नेपालसँग संघर्षपूर्ण जित निकाल्यो ।

बंगलादेशविरुद्ध पहिलो बलमै सोमपाल कामीले नेपाललाई सफलता दिलाएका थिए । एकपछि अर्को विकेट लिने क्रममा १९.३ ओभरमा बंगलादेश अलआउट हुँदै जम्मा १०६ रनमा खुम्चिन पुग्यो । यसै खेलमा सन्दीपले विश्व कीर्तिमान बनाए । उनले ५४ खेलमार्फत टी २० प्रतियोगितामा एक सय विकेट लिनेमा नाम लेखाए ।

विश्वकपमा सहभागी भएर कुनै जित निकाल्न नसके पनि नेपाली टोलीले विश्वलाई गहिरो सन्देश पेश गरेको छ । नेपाली टोलीले सरकारलाई क्रिकेटमा लगानी गर्न ढिला गर्न नहुने सन्देश दिएको छ । यस्तै, क्रिकेटको प्रमुख निकाय आईसीसीलाई सानो टोलीको नामा खुम्चाएर नराख्न चुनौती दिन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट