नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुँदा काठमाडौं आउजाउमा ठप्प-Sutra News

नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुँदा काठमाडौं आउजाउमा ठप्प

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका ६ जलवीरेमा पहिरो खस्दा सवारी आगामन ठप्प भएको छ ।



जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

हाल पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ । पहिरो खसेसँगै यात्रुले सास्ती भोग्नु परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट