टी-२० वरियतामा ट्राभिस हेड शीर्ष स्थानमा, नेपाली खेलाडीको अवस्था कस्तो ?-Sutra News

टी-२० वरियतामा ट्राभिस हेड शीर्ष स्थानमा, नेपाली खेलाडीको अवस्था कस्तो ?

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् ।



आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटिङसहित शीर्ष स्थानमा उक्लिएका हुन् ।

यसअघिका शीर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् । दोस्रो स्थानमा रहेका इङ्ल्याण्डका फिल साल्ट तेस्रो स्थानमा छन् ।

पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । वेष्ट इण्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।

टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६ औँ स्थानमा छन् । अल राउण्डरको वरियतामा उनी सातौँ स्थानमा रहेका छन् ।

नेपालका कप्तान रोहित पौडेल ६१ औँ स्थानमा हुँदा आसिफ सेख ६९ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट