बाढी पसेपछि विराटनगर विमानस्थल बन्द-Sutra News

बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । बस्तीबाट ओभरफ्लो भएर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध भएको हो ।



बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ । यस्तै, हेलिप्याडमा बाढीको पानी पसेर डुबानमा परेको छ । तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म बाढी नपसेको कार्यालयले जनाएको छ ।

विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि बाढी पस्ने जोखिम भएकाले विमानस्थल बन्द गरिएको कार्यालयले जनाएको छ ।

दैनिक औसतमा १८ उडान हुने गरेको विराटनगर विमानस्थलमा आज उडान ठप्प भएको छ । विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुरु गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट