बढ्न सकेन शेयर बजार-Sutra News

बढ्न सकेन शेयर बजार

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । लगातार गिरावटका बीच सोमबार र मंगलबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार देखियो । सोमबार ३.२१ अंकले बढेको नेप्से मंगलबार ५.६० अंकले बढ्यो ।



तर, जुन सुधारको निरन्तरता खोजिएको थियो त्यो भने देखिएन । साताको चौथो कारोबार दिन बुधबार कारोबार रकमसँगै नेप्से दोहोरो अंकले घट्यो ।

११.६० अंकले घटेको नेप्सेमा कारोबार रकम पनि चार अर्बमै सीमित रह्यो । यस दिन सर्वाधिक विकास बैंक इन्डेक्समा १.०३ प्रतिशतले गिरावट आयो ।

बुधबार कारोबारमा आएका २४६ कम्पनीमध्ये १८६ कम्पनीको मूल्य घट्यो ।

कारोबार रकम चार अर्ब हुनुमा पनि विशेषगरी लगानी सुरक्षित गर्न खोज्नेहरुको भीड बढ्दा भएको हो । नेपाल फाइनान्स, गुडविल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टलगायत कम्पनीमा लगानीकर्ता बेच्न उत्साहित देखिएका थिए ।

केही समयदेखि लगातार बृद्धि भइरहेको नेपाल फाइनान्सको यस दिन सर्किट लेबलमा बृद्धि मात्रै भएन कारोबार रकम पनि १६ करोडभन्दा बढी भयो । नेपाल फाइनान्सको कारोबार उच्च हुनुको पछाडि नाफा सुरक्षित गर्न खोज्नेको भीड हो ।

अन्य कम्पनीमा पनि त्यही शैली देखिन्छ ।

बजेटसँगै शेयर बजारमा उत्साह छाउने अपेक्षा गरिएको थियो तर, बजेटमा शेयर बजार लक्षित कुनै कार्यक्रम नसमेटिँदा लगानीकर्तामा उत्साह छाउन सकेन । अर्कोतर्फ, मौद्रिक नीतिमा कडाई गर्ने गभर्नरको अभिव्यक्तिसँगै थप सुस्तता देखिएको मान्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट