एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने-Sutra News

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ  ।



यसअघि बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि प्राविधिक काम नसकिएको भन्दै भोलि बिहान सार्वजनिक गर्ने तय भएको हो । नतिजा प्रकाशनका लागि बिहान बोर्ड बैठक बोलाइएको छ ।

कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट