दीपकराजको कटाक्षः वार्तासँग होइन, अन्तर्वार्तासँग डर लाग्छ-Sutra News

दीपकराजको कटाक्षः वार्तासँग होइन, अन्तर्वार्तासँग डर लाग्छ

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ नामक कार्यक्रममा विवादमा फसेसँगै यतिबेला चर्चाको विषय बनेको छ ।



यस कार्यक्रममा नयाँ प्रस्तोता बनेर आएकी ओसिन सिटौलाले गेस्ट बनेर पुगेका नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहसँग अन्तर्वार्ता लिएसँगै विवादित बनेको हो । वर्षौंदेखि एक ब्राण्डका रूपमा स्थापित कार्यक्रमबाट पूर्व प्रस्तोता सुरज सिंह ठकुरी बाहिरिएका थिए । उनले यस कार्यक्रमको जिम्मेवारी ओसिनलाई दिएका हुन् ।

कार्यक्रमकी सञ्चालिका ओसिनले सोधेको प्रश्नमा स्वस्तिमा र साम्राज्ञीले दिएको जवाफलाई लिएर अहिले सामाजिक सञ्जालमा तीव्र आलोचनामा छ । राष्ट्रिय टेलिभिजनबाट उनीहरुले अन्य कलाकारको व्यक्तिगत जीवनबारे बोलेका थिए ।

यस्तै, कलाकार तथा निर्माता दीपकराज गिरीले सोही कार्यक्रमको पछिल्लो एपिसोडबारे उठाइएको विषयप्रति घुमाउरो शैलीमा कटाक्ष गरेका छन् ।

यस विषयमा गिरीले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् । उनले ‘वार्तासँग होइन, अन्तर्वार्तासँग डर लाग्छ’ भन्ने कुरा हिन्दीमा लेखेका हुन् । उनले लेखेका छन्, ‘वार्ता से डर नहीं लगता है साहेब ! अन्तर्वार्ता से डर लगता है !!’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट