बाढी पसेर बन्द भएको विमानस्थल खुल्यो-Sutra News

बाढी पसेर बन्द भएको विमानस्थल खुल्यो

बुधबार, १२ असार २०८१

बुधबार, १२ असार २०८१

काठमाडौं । बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुलेको छ । वर्षा रोकिएको र बाढीको पानी सुकेसँगै विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।



बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट  बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो । बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो ।

विमानस्थलको  पार्किङ क्षेत्रमा र हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो ।

तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेको हुनाले वर्षा र बाढीको प्रभाव कम हुनासाथ विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट